image
image
एमाले नेता ऐन महरविरुद्ध मुद्दा, फरार प्रतिवादी घोषणा”

एमाले नेता ऐन महरविरुद्ध मुद्दा, फरार प्रतिवादी घोषणा”

काठमाडौं — एमालेका केन्द्रीय सदस्य ऐन महरविरुद्ध विद्युतीय कारोबार ऐनअनुसारको मुद्दा दायर गरिएको छ।

जिल्ला अदालत काठमाडौंमा सोमबार दायर भएको मुद्दामा महरलाई फरार प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्लेले जानकारी दिए।

११ भदौमा पक्राउ परेका महरलाई सोही दिन हाजिरी जमानीमा छोडिएको थियो। तर, मुद्दा दायर गर्ने समयमा अदालतमा उपस्थित नगराइएकाले उनलाई फरार प्रतिवादी बनाएर मुद्दा अघि बढाइएको हो।

फेसबुक लाइभमार्फत चरित्र हत्या गरेको भन्दै एक युवतीले साइबर अपराधमा जाहेरी दिएकी थिइन्। सुरुमा प्रहरीद्वारा जाहेरी नदर्ता भए पनि पछि सरकारी वकिलमार्फत दर्ता गरिएको हो। पीडितले महरविरुद्ध बलात्कारको पनि जाहेरी दिएकी थिइन्, तर सो मुद्दा तामेलीमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।