बिहारमा सडक निर्माण सामग्री चोरी: गाउँलेले कंक्रिट, बालुवा र गिट्टी उठाए
काठमाडौं — भारतको बिहारमा निर्माणाधीन सडकबाटै कंक्रिट चोरी भएको अचम्मको घटना सार्वजनिक भएको छ। गाउँलेहरूले घरघरबाट ठेला, डोको र बाल्टिन ल्याएर सडकमा भर्खर हालिएको कंक्रिट, बालुवा र गिट्टी मिसाइएको मसला उठाएर लगेका हुन्।
स्थानीय प्रशासनले यसलाई गम्भीर लापरबाही र अनौठो चोरीको घटना भन्दै अनुसन्धान थालेको छ। सडक निर्माण कार्य भने यस घटनाले प्रभावित भएको छ।









