image
image
राज्य व्यवस्था समिति सभापति चयन गर्न कांग्रेस शीर्ष नेताहरूको बैठक सुरु

राज्य व्यवस्था समिति सभापति चयन गर्न कांग्रेस शीर्ष नेताहरूको बैठक सुरु

काठमाडौं — नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा सुरु भएको छ। बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयनबारे छलफल भइरहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, गृहमन्त्री रमेश लेखक तथा प्रमुख सचेतक श्याम घिमिरे सहभागी छन्।

देउवाले सोमबार बिहान १० बजे बैठक आह्वान गरे पनि स्थगित गर्दै दिउँसो २ बजे सारिएको थियो। त्यस बैठकले उम्मेदवार टुंगो लगाउन नसकेपछि आज पुनः बैठक बसाइएको हो।

समितिको सभापतिका लागि सांसदहरू दीलेन्द्रप्रसाद बडू, हृदयराम थानी, अम्बिका बस्नेत र सरिता प्रसाईँको नाम चर्चामा रहेको छ।

यसअघि उक्त समिति सभापतिमा रहेका रामहरि खतिवडाले कुलिङ पिरियडसम्बन्धी विवादमा मुछिएपछि साउन २८ गते राजीनामा दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।