image
image
हलेसी दर्शनबाट फर्किंदै गर्दा गाडी दुर्घटना: एक महिला तीर्थयात्रीको मृत्यु, १७ घाइते

हलेसी दर्शनबाट फर्किंदै गर्दा गाडी दुर्घटना: एक महिला तीर्थयात्रीको मृत्यु, १७ घाइते

काठमाडौं — खोटाङको प्रसिद्ध धार्मिक स्थल हलेसी मन्दिर दर्शन गरेर फर्किंदै गरेका तीर्थयात्री सवार गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

कोशी प्रदेश ट्राफिक प्रहरी प्रमुख डीएसपी सन्तोष श्रेष्ठका अनुसार दुर्घटनामा सिरहाको नहरा गाउँपालिका–३ की अन्दाजी २५–३० वर्षीया ममतादेवी यादवको ज्यान गएको हो। घाइते अवस्थामै उद्धार गरिएकी यादवलाई अस्पताल लैजाँदै गर्दा चिकित्सकले मृत घोषित गरेका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका अन्य १७ जनामध्ये एक जनाको अवस्था चिन्ताजनक रहेकाले मृत्यु पुष्टि भएको छ। गम्भीर घाइतेहरूमा रन्जिता यादव (३९), सुस्मवती यादव (७०), र राज यादव (७०) रहेका छन्। १० जनालाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर रेफर गरिएको छ भने ६ जना सामान्य घाइते उपचारपछि डिस्चार्ज भइसकेका छन्।

घटनापछि गाडीका चालक सिराहा नगरपालिका–३ का २८ वर्षीय रामनाथ साह फरार छन्। उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

प्रदेश २–०१–००१ ज ००५३ नम्बरको विंगर गाडी खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ स्थित दौत्या खोलानजिक करिब २०० मिटर तल खसेको थियो। तीव्र गतिका कारण गाडी अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

दर्शन गरेर फर्किँदै गरेका तीर्थयात्रीलाई लिएर सिराहातर्फ जाँदै गरेको उक्त गाडी स्थानीयको सहयोगमा उद्धार गरेर घाइतेहरूलाई घुर्मी सामुदायिक अस्पताल पुर्याइएको थियो। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।