आजै सक्नेगरी बस्यो माओवादीको स्थायी समिति बैठक
काठमाडौं — सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आजै सक्नेगरी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सरकारमा पार्टीको भूमिकालगायत विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ। प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा हालको राजनीतिक अवस्था र आगामी रणनीतिबारे धारणा राख्ने बताइएको छ।
बैठक आजभित्रै निष्कर्ष निकाल्ने तयारीसहित स्थायी समिति सदस्यहरू उपस्थित छन्। पार्टी भित्रको आन्तरिक व्यवस्थापन, सरकार सञ्चालन, गठबन्धन समन्वयलगायत विषय पनि बैठकको एजेन्डामा छन्।
बैठकको निष्कर्षले पार्टीको आगामी रणनीति र सरकारसँगको सम्बन्धलाई समेत प्रभावित गर्ने आँकलन गरिएको छ।









