image
image
३५ रन टाढा इंग्ल्यान्डको जित, पाँचौँ टेस्ट रोमाञ्चक मोडमा

३५ रन टाढा इंग्ल्यान्डको जित, पाँचौँ टेस्ट रोमाञ्चक मोडमा

काठमाडौं -  भारतविरुद्धको पाँचौँ तथा अन्तिम टेस्ट रोमाञ्चक मोडमा पुगेको छ। घरेलु टोली इंग्ल्यान्डलाई जित निकाल्न अब मात्र ३५ रन आवश्यक छ। भारतले इंग्ल्यान्डलाई ३७४ रनको लक्ष्य दिएको थियो।

चौथो दिन आइतबार वर्षाका कारण खेल रोकिँदा इंग्ल्यान्डले ६ विकेट गुमाएर ३३९ रन जोडेको थियो। इंग्ल्यान्डले सोमबार यही स्थितिबाट ब्याटिङ थाल्नेछ।

इंग्ल्यान्डका लागि जोए रुटले १०५ तथा ह्यारी बुकले १११ रन बनाए। उनीहरूले चौथो विकेटका लागि १९५ रनको साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए। रुटले १५२ बलमा १२ चौका प्रहार गरे भने ह्यारीले ९८ बलमा १४ चौका र दुई छक्का हिर्काए।

भारतका लागि प्रसिद्ध कृष्णाले ३ विकेट र मोहम्मद सिराजले २ विकेट लिए। यसअघि भारतले दोस्रो इनिङ्समा ३९६ रन बनाएको थियो। भारतका यशस्वी जैसवालले उत्कृष्ट ११८ रन बनाएका थिए भने रवीन्द्र जडेजा र वासिङटन सुन्दरले समान ५३ रनको योगदान दिए।

पाँचौँ टेस्टको अन्तिम दिन अब इंग्ल्यान्डको जित नजिक देखिए पनि भारतले बाँकी विकेट चाँडै टिप्न सके खेलको नतिजा उल्टिन सक्ने सम्भावना बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।