image
image

फेसबुक र ट्वीटरले प्रतिबन्ध लाएपछि ट्रम्पले खोले आफ्नै सामाजिक सञ्जाल

काठमाडौँ । ट्वीटर, फेसबुकलगायत सामाजिक सञ्जालले प्रतिबन्ध लगाएका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक साञ्जाल खोलेका छन्।अनलाइनमार्फत् सञ्चार गर्न ट्रम्पले डोनाल्डजेट्रम्प।कम वेबसाइट सुरू गरेका हुन्।

उक्त वेबसाइटमा ट्रम्पका तस्बिर, भिडिओ र उनका सन्देशहरू समावेश गरिएका छन्। ट्रम्पले त्यहाँ गरेका पोष्टलाई फेसबुक र ट्वीटरमा सेयर गर्न मिल्ने बनाइएको छ। तर पोष्टमूनि कमेन्ट गर्ने सुविधा भने छैन।

वेबसाइटमा ट्रम्पले नयाँ पोष्ट गर्नासाथ नोटिफिकेसन आउने गरी साइन इन गर्न मिल्ने अप्सन पनि राखिएको छ।

मंगलबार उक्त वेबसाइट सञ्चालनमा आएपछि सामाजिक सञ्जाल प्रयोगकर्तामाझ निकै चर्चा भएको थियो। कतिपयले उनलाई ब्लगरको रूपमा सामाजिक सञ्जालमा फर्किएको भन्दै उडाएका छन्।

राष्ट्रपति ट्रम्पको वेबसाइट उनको पहिलो कार्यकालका महत्वपूर्ण काम र पछिल्ला वक्तव्य उपलब्ध हुने स्रोत हो तर यो नयाँ सामाजिक सञ्जाल प्लेटफर्म होइन,’ उनले ट्वीटरमा लेखेका छन्।

गत जनवरी ६ मा ट्रम्पका समर्थकले अमेरिकाको संसद भवनमा आक्रमण गरेका थिए।  डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन विजयी भएको घोषणा गर्न बसेको कंग्रेसको संयुक्त बैठकलाई बिथोल्न ट्रम्प समर्थक सुरक्षा बार तोड्दै हलमा प्रवेश गरेका थिए।

त्यसपछि सामाजिक सञ्जालहरूले ट्रम्पको अकाउन्ट बन्द गरिदिएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।