image
image
मन्त्री हेरफेरको चर्चा बीच देउवाको बुढानीलकण्ठमा कांग्रेस बैठक, सरकारप्रति असन्तुष्टि चुलिँदै

मन्त्री हेरफेरको चर्चा बीच देउवाको बुढानीलकण्ठमा कांग्रेस बैठक, सरकारप्रति असन्तुष्टि चुलिँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री हेरफेरको चर्चा चुलिँदै जाँदा सत्ता साझेदार नेपाली कांग्रेसले शुक्रबार पदाधिकारी बैठक बोलाएको छ। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा जारी बैठकमा पार्टीका शीर्ष नेतासहित सरकारमा रहेका मन्त्रीहरू सहभागी छन्।

बैठकमा गृहमन्त्री रमेश लेखक, कृषिमन्त्री रामनाथ अधिकारी, ऊर्जामन्त्री दीपक खड्का, नेताहरू शेखर कोइराला, बालकृष्ण खाँणलगायत पदाधिकारी सहभागी छन्।

सरकारप्रति कांग्रेसभित्र चर्किंदो असन्तुष्टिका बीच सभापति देउवाले मन्त्रीहरूलाई समेत सहभागी गराएर समीक्षा बैठक राखेका हुन्। बैठकमा पार्टीभित्रको आन्तरिक गतिविधि, एमालेसँगको गठबन्धनको प्रभावकारिता, सरकारमा कांग्रेसको भूमिका र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको जनाइएको छ।

पार्टीभित्र कतिपय नेताहरू सरकारको कार्यशैलीप्रति खुलेरै असन्तुष्टि जनाइरहेका छन्। नेता शेखर कोइरालाले त वर्तमान सरकारको विकल्पमा विपक्षी दलहरूसँग छलफलसमेत अघि बढाएका छन्। यस्तो बेला सभापति देउवा भने संयमतापूर्वक गठबन्धनलाई कायम राख्न प्रयत्नशील देखिएका छन्।

बैठकको निष्कर्षले आगामी दिनमा कांग्रेसको सरकारभित्रको भूमिकासँगै गठबन्धनको स्थायित्वमा समेत असर पार्न सक्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।