बाँकेमा कोरोना संक्रमित दुईको मृत्यु
काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट बाँकेमा दुई जनाको मृत्यु भएको छ। भेरी अस्पताल, नेपालगञ्ज र कोहलपुर मेडिकल कलेजमा एक/एक जनाको मृत्यु भएको हो।
नेपालगञ्ज उपमहानगरपालिका–४ का ६० वर्षीय पुरुषको भेरी अस्पतालमा र डुडुवा गाउँपालिका–५ का २७ वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४५ पुगेको छ।