image
image
आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौँ - स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी-२० क्रिकेट प्रतियोगितामा आज नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ। डबल राउन्ड रोविनका आधारमा जारी सिरिजमा नेदरल्यान्ड्स सँग नेपालको यो दोस्रो तथा अन्तिम खेल हो।


ग्लासगोमा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुने छ। सिरिजमा दुई जित निकालेको डच टोलीको भने यो अन्तिम खेल हो। यो खेलमा जित निकाले नेदरल्यान्ड्स स्कटल्यान्ड र नेपालको अन्तिम खेल अगावै च्याम्पियन बन्ने छ। यदि आजको खेलमा नेपालले जितेमा भने नेपालको च्याम्पियन बन्ने सम्भावना कायम रहने छ।

अङ्क तालिकामा नेदरल्यान्ड्स ३ खेलबाट २ जित र १ हार भोग्दै ४ अङ्क बनाएर शीर्ष स्थानमा रहँदा ३ खेलबाट १ जित र २ हार भोगेको स्कटल्यान्ड नेपाललाई नेटरनरेटमा पछि पार्दै दोस्रो स्थानमा रहँदा नेपाल २ खेलबाट १ जित र १ हार भोग्दै तेस्रो स्थानमा छ।

यसअघि सिरिजको पहिलो खेलमा सोमबार नेदरल्याण्ड्स र नेपाल भिड्दा ऐतिहासिक तीन सुपर ओभर भएको थियो। जहाँ तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सले नतिजा आफ्नो पक्षमा पारेको थियो।

नेपालले सिरिजको अन्तिम खेलमा शुक्रबार स्कटल्याण्डसँग खेल्ने छ। डबल राउण्ड रोबिन लिगपछि शीर्ष टोली च्याम्पियन बन्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।