image
image
जोन्टा क्लब काठमाडौंद्वारा मसिने गाउँमा स्वास्थ्य शिविर सफलतापूर्वक आयोजना

जोन्टा क्लब काठमाडौंद्वारा मसिने गाउँमा स्वास्थ्य शिविर सफलतापूर्वक आयोजना

काठमाडौं   -    जोन्टा क्लब काठमाडौंले एक एक पाइला फाउन्डेसनसँगको सहकार्यमा जेठ १० मा मसिने गाउँमा बालबालिकाको स्वास्थ्य शिविर सफलतापूर्वक आयोजना गरेको छ। यस पहलको उद्देश्य यस क्षेत्रका सीमान्तकृत बालबालिकालाई आवश्यक स्वास्थ्य सेवामा पहुँच बढाउनु थियो।

चम्पा शिखर आधारभूत विद्यालयमा सञ्चालित शिविरमा आँखा, दाँत र बालरोगको उपचारमा केन्द्रित भई ५० भन्दा बढी बालबालिकालाई विस्तृत चिकित्सा सेवा प्रदान गरिएको थियो। स्वयंसेवी स्वास्थ्यकर्मीहरूको टोलीले आफ्नो समय र विशेषज्ञताको उदारतापूर्वक योगदान दिएका थिए। स्वयंसेवी चिकित्सा टोलीमा कन्सल्ट्यान्ट डेन्टिस्ट डा. बिनिता अधिकारी, जनरल फिजिसियन डा. सजनी डंगोल, अप्टोमेट्रिस्ट कृपा श्रेष्ठ र डेन्टल नर्स पार्वती गुरुङ हुनुहुन्थ्यो। स्वयंसेवी टोलीको नेतृत्व जोन्टियन डा. सबिना शाह पहारीले गर्नुभएको थियो, र डा. ज्योति अर्यालले दन्त परीक्षण गर्नुका साथै दन्त सरसफाइका बारेमा पाठ सिकाउनुभएको थियो।

“समुदायबाट प्राप्त सहभागिता देखेर हामी उत्साहित छौं र यस पहललाई सम्भव बनाउनुहुने चिकित्सा टोली, जोन्टियनहरू र स्वयंसेवकहरूको सहयोग र प्रतिबद्धताप्रति हामीे आभारी छौं,“ जोन्टा क्लब काठमाडौंकी अध्यक्ष बिना रानाले भन्नुभयो।

स्वास्थ्य शिविरका मुख्य उपलब्धिहरूमा दन्त परीक्षण र दाँत निकाल्ने कार्य गरियो। ५१ जना बालबालिकामध्ये ३२ जनामा दाँतसम्बन्धी समस्या देखिएकोले थप ध्यान दिनुपर्ने देखियो। बालरोगसम्बन्धी परामर्श गरियो र आवश्यक औषधि वितरण गरियो। मुख स्वास्थ्य शिक्षा सत्रले बालबालिकालाई स्वस्थ बानीहरू अपनाउन सिकायो।

एक एक पाइला फाउन्डेसनमार्फत प्रत्येक बच्चाले पाउडर, मसाज तेल र साबुन भएको उपहार झोला प्राप्त गरे। शिविरलाई युनिलिभर नेपालले पनि टूथपेस्ट सहयोग गरेको थियो।

जोन्टा क्लब काठमाडौंले स्वास्थ्य, शिक्षा र सशक्तिकरणमार्फत आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।