सुनको मूल्यमा गिरावट, चाँदीको मूल्य कति?
काठमाडौं - नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुनको मूल्य तोलामा १ लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन मंगलबारको १ लाख ९० हजार ९०० रुपैयाँको तुलनामा १ हजार ६०० रुपैयाँले घटेको हो।
त्यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। मंगलबारको १ हजार ९९५ रुपैयाँको तुलनामा बुधबार चाँदीको मूल्य १० रुपैयाँले बढेर २ हजार ५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।









