image
image
डोटीको जोरायल गाउँपालिकामा छतबाट खसेर युवकको मृत्यु

डोटीको जोरायल गाउँपालिकामा छतबाट खसेर युवकको मृत्यु

काठमाडौं   -     डोटीको जोरायल गाउँपालिका–१ गैरा (भड्डी) स्थित लुम्बिनी भान्सा घर एण्ड लजको तीन तलामाथिको छतबाट खसेर ३२ वर्षीय युवक दिपक खड्काको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार, खड्का मंगलबार राति करिब डेढ बजेतिर उक्त छतबाट खसेका थिए।

प्रहरी सहायक निरीक्षक पदम सिंहका अनुसार, घाइते अवस्थामा उद्धार गरी खड्कालाई डडेल्धुरा अस्पतालमा पठाइएको थियो। बिहान ५ बजेतिर अस्पतालले उनको मृत्यु पुष्टि गरेको हो।

स्थानीयका अनुसार, खड्काले मदिरा सेवन गरेको बुझिएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।