image
image
क्यानडा पठाइदिने भन्दै ठगी गर्ने युवती पक्राउ

क्यानडा पठाइदिने भन्दै ठगी गर्ने युवती पक्राउ

काठमाडौं    -    वैदेशिक रोजगारको प्रलोभन देखाएर ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा खोटाङको वराहपोखरी गाउँपालिका–५ घर भएकी ३४ वर्षीया सम्झना राई छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार, राईले क्यानडा पठाइदिने भन्दै एक व्यक्तिबाट ७ लाख रुपैयाँ लिएर ठगी गरेकी थिइन्।

उनलाई सोमबार काठमाडौं महानगरपालिका–१६ बाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकी राईलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचलमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।