image
image
संसदमा प्रतिपक्षी दलको विरोध: मानव तस्करलाई कारबाहीको माग गर्दै नाराबाजी

संसदमा प्रतिपक्षी दलको विरोध: मानव तस्करलाई कारबाहीको माग गर्दै नाराबाजी

काठमाडौं    -    प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले मानव तस्करलाई कारबाही गर्नुपर्ने माग गर्दै नाराबाजी गरेका छन्। सभामुख देवराज घिमिरेले सत्ता पक्षका कांग्रेस सांसद श्याम घिमिरेलाई बोल्न समय दिनुहुँदा विपक्षी सांसदहरूले ‘मानव तस्करलाई कारबाही गर’ भन्दै विरोध जनाएका हुन्।

यसअघि विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म सदन चल्न नदिने चेतावनी दिएका थिए। बैठक सुरु हुने बित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुनलाई बोल्न समय दिए। पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख तीर्थराज भट्टराईको नाम जोड्दै गृहमन्त्री रमेश लेखकको सचिवालयसमेत संलग्न रहेको भन्दै गृहमन्त्रीको राजीनामा माग गरे।

पुनको भनाइ सकिएपछि पनि विपक्षी सांसदहरूले विरोध जारी राखेपछि सभामुख घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाललाई बोल्न समय दिए। खनालले गृहमन्त्रीको राजीनामा माग गर्दै उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म सदन चल्न नसक्ने बताएका थिए।

तर, सभामुखले कांग्रेस सांसद घिमिरेलाई बोल्न समय दिएपछि विपक्षी सांसदहरूले नाराबाजी सुरु गरे लगत्तै सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।