बाजुरामा नेपाल टेलिकमको जिप दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं - बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–३ मा मंगलबार नेपाल टेलिकमको जिप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। बा ५च २२०९ नम्बरको जिप दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार, दुर्घटनामा दुई जना घाइते भएका छन्। मृतकको पहिचान हुन बाँकी रहेको र घटनाबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।









