image
image
नागढुंगामा चाँदीका गहना सहित एक जना पक्राउ

नागढुंगामा चाँदीका गहना सहित एक जना पक्राउ

काठमाडौं    -    काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चेकप्वाइन्टबाट प्रहरीले १२ किलो १७६ ग्राम चाँदीका गहना सहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार, वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बा.प्र.–०१–००३ ख ३७०१ नम्बरको बसका सहचालक ३२ वर्षीय अनिश कुमार सिंहलाई पक्राउ गरिएको हो। सिंह बाराको कलैया उपमहानगरपालिका–४ का स्थायी बासिन्दा हुन्।

प्रहरीले सिंहको साथबाट गहना बरामद गर्दा गहनासँगको बिल र बिजक फेला नपरेको एसपी बोहराले जानकारी दिए। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।