संसदमा सत्ता पक्षको बोल्न समय दिने निर्णयपछि विपक्षी सांसदहरूको विरोध
काठमाडौं - प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सत्ता पक्षका तर्फबाट नेपाली कांग्रेसका सांसद श्याम घिमरेलाई बोल्न समय दिएपछि संसदमा होहल्ला भएको छ। सभामुखको निर्णयसँगै विपक्षी दलका सांसदहरूले विरोध जनाउँदै नाराबाजी गरेका छन्।
उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद चल्न नदिने चेतावनी दिएका छन्।









