सुत्केरी किशोरीको हेलिकप्टरबाट उद्धार
काठमाडौं - हुम्ला जिल्लाको चंखेली गाउँपालिका-६ की १८ वर्षीया किशोरी धनशिला बुढाको जटिल प्रसवका कारण नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।
उनी ३२ हप्ताको गर्भावस्थामा सुत्केरी वेदनासँगै उच्च रक्तचापको समस्या देखिएपछि हुम्ला जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएकी थिइन्। परीक्षणका क्रममा उनको शरिरमा पुरै बिबिरा र खाल्को देखिएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएको थियो।









