कपिलवस्तुका शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ
काठमाडौं - शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीलाई बुटवलबाट पक्राउ गरिएको छ। उनीविरुद्ध बलात्कार पीडिताको गोपनीयता सार्वजनिक गरेको आरोपमा विद्युतीय अपराध (साइबर क्राइम) मुद्दा दायर गरिएको थियो। पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिए।
रूपन्देही जिल्ला अदालतले जेठ १ गते चौधरीलाई पक्राउ गर्न आदेश दिएको थियो। सोही आदेशअनुसार इलाका प्रहरी कार्यालय बुटवलले उनलाई पक्राउ गरी कपिलवस्तु जिल्ला प्रहरी कार्यालयलाई बुझाएको हो।









