प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य समस्याका कारण आजको प्रश्नोत्तर स्थगित
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली सोमबारदेखि स्वास्थ्य समस्यामा परेका कारण आज प्रतिनिधि सभामा हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सोमबार दिउँसो प्रधानमन्त्री ओलीले अस्वस्थ भएको जानकारी दिएका छन्।
प्रधानमन्त्री ओलीलाई रुघाखोकीको समस्या देखिएको र चिकित्सकको सल्लाह अनुसार आराम गर्नुपर्ने भएकाले आजको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने सम्भावना कम रहेको बर्तौलाले बताए। सोमबार काठमाडौँमा भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू केही अस्वस्थ रहेको भन्दै आफ्नो सम्बोधन छोट्याएका थिए । ‘प्रधानमन्त्री ज्यू हिजोबाटै अस्वस्थ हुनुहुन्छ, त्यसैले आजको प्रश्नोत्तर कार्यक्रममा उहाँ सहभागी हुनसक्ने सम्भावना छैन’, बर्तौलाले भने ।









