image
image
डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु, स्वास्थ्यकर्मी गम्भीर घाइते

डोटीमा चट्याङ लागेर एक महिलाको मृत्यु, स्वास्थ्यकर्मी गम्भीर घाइते

काठमाडौं   -    डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका–२ वाडीमा सोमबार साँझ चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने एक स्वास्थ्यकर्मी गम्भीर घाइते भएकी छन्।

प्रहरीका अनुसार, ४० वर्षीया देउमती साउद आफ्नै घरको झ्यालमा बसिरहेको अवस्थामा चट्याङको सिकार भएकी थिइन्। उनीलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल डोटी लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यसैगरी, सोही ठाउँको बगलेक स्वास्थ्य चौकीमा कार्यरत ३६ वर्षीया अस्मिता ओली विष्ट पनि चट्याङको सिकार भएकी छन्। उनीलाई गम्भीर घाइते अवस्थामा धनगढी ल्याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।