image
image
बागमती प्रदेश सभाको बजेट अधिवेशनको पहिलो बैठकमा ढिलाइ

बागमती प्रदेश सभाको बजेट अधिवेशनको पहिलो बैठकमा ढिलाइ

काठमाडौं   -    बागमती प्रदेशसभाको बजेट अधिवेशनको पहिलो बैठक सोमबार निर्धारित समयमा बस्न सकेन। तीन घण्टा ढिलाइपछि दिउँसो १ बजे बैठक सुचारु भएको हो। बैठकको ढिलाइको मुख्य कारण सरकार र विपक्षी दलहरूबीच बजेटमाथि सहमति हुन नसक्नु रहेको बताइएको छ।

बैठक सुरु हुनु अघि आइतबार र सोमबार बिहान दुई पटक सर्वदलीय बैठक बसेपनि सहमति जुट्न सकेको थिएन। विपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा एकीकृत समाजवादीले सांसदका योजनामा बजेट थप्ने गत कार्तिकमै भएको सहमति कार्यान्वयन नगरेको भन्दै सरकारको विरोध गर्दै आएका थिए। यसैका कारण बैठक सञ्चालनमा अवरोध आएको थियो।

सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक मधुसुदन पौडेलका अनुसार, आजको बैठकमा चलचित्र सम्बन्धी विधेयक पेस गर्ने र संसदीय समितिबाट पारित भएका चार विधेयकको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको थियो। तर, यी विधेयक र समितिबाट पारित विधेयकको प्रतिवेदन आगामी बैठकमा पेश हुने भएको छ।

बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले शुभकामना दिने कार्यसूची तय भएको थियो। नेताहरूले शुभकामना दिएपछि बैठक स्थगित हुने सर्वदलीय सहमति जुटेको पौडेलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।