image
image
प्रधानमन्त्री ओली र कासिकोभबीच भेट

प्रधानमन्त्री ओली र कासिकोभबीच भेट

काठमाडौं -  प्रधानमन्त्री केपी शर्मा ओलीसँग रूसी महासङ्घअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलले आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता गरेको छ।

भेटका क्रममा नेपाल–रूस सम्बन्धका विविध आयामहरू, आपसी सहयोग र भावी सम्भावनाहरूका बारेमा विस्तृत छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रमुख कासिकोभले प्रधानमन्त्री ओलीलाई आगामी सेप्टेम्बरमा काल्मिकियामा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागिताका लागि औपचारिक निमन्त्रणा दिएका थिए। उक्त अवसरमा प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपालको भ्रमणका लागि निमन्त्रणा सन्देश पनि पठाइदिन आग्रह गरे।

प्रधानमन्त्री ओलीले हाल नेपाल र रूसबीच कुनै सैन्य सम्झौता नभएको स्पष्ट गर्दै, रुसी सेनामा नेपाली नागरिकको भर्ती रोक्न राष्ट्रपति पुटिनलाई आफ्नो सन्देश पुर्‍याइदिन अनुरोध गरेका थिए। जवाफमा प्रमुख कासिकोभले भविष्यमा यस किसिमको भर्ती नगर्ने प्रतिबद्धता व्यक्त गरे।

उक्त भेटमा नेपालस्थित रुसी राजदूत आलेक्सी नोभिकोभ, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसहित दुवै पक्षका प्रतिनिधिहरूको उपस्थिति थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।