नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट
काठमाडौँ - बिहीबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ३ हजार ५०० रुपैयाँले घटेर १ लाख ८१ हजार ८०० रुपैयाँमा कायम भएको छ।
बुधबारसम्म छापावाल सुनको मूल्य तोलामा १ लाख ८५ हजार ३०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा १ हजार ९६० रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार ३५ रुपैयाँ घटेर १ हजार ९२५ रुपैयाँमा झरेको महासंघले जानकारी दिएको छ।









