image
image
नेपाल तरुण दल सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा पाँचौं अधिवेशन सम्पन्न

नेपाल तरुण दल सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा पाँचौं अधिवेशन सम्पन्न

काठमाडौँ -  नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्ला समितिको चौतारा नगरपालिकामा आयोजित पाँचौं नगर अधिवेशन सम्पन्न भएको छ। नेपाल तरुण दलका जिल्ला अध्यक्ष सञ्जय लामाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा चौतारा नगरपालिकाको अध्यक्षमा अमिर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।

अधिवेशनमा बोल्दै अध्यक्ष लामाले नेपाल तरुण दल क्लब नभएर पार्टीको मेरुदण्डको रूपमा रहेको उल्लेख गर्दै लोकतन्त्रलाई बलियो बनाउन तरुणहरूले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए। नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा कार्यकालको सफलताको शुभकामना पनि उनले दिएका छन्।

कार्यक्रममा नेपाली कांग्रेस जुगल गाउँपालिकाका सभापति सगुन श्रेष्ठ, नेपाल तरुण दल सिन्धुपाल्चोकका उपाध्यक्ष जित बहादुर थिङ, क्षेत्र नं. २ का अध्यक्ष अनिल कुमार स्याङ्बो लगायतका नेताहरू विशेष अतिथिको रूपमा उपस्थित थिए। अधिवेशनमा जिल्ला, क्षेत्र, प्रदेश र इकाई कार्यसमितिका पदाधिकारीसहित तरुण कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।