पाकिस्तानी दूतावास अगाडि मानव अधिकार तथा शान्ति समाजको विरोध प्रदर्शन ( तस्बिरहरू)
काठमाडौँ - मानव अधिकार तथा शान्ति समाजले शुक्रबार पाकिस्तानी दूतावास अगाडि विरोध प्रदर्शन गरेको छ। यसअघि, समाजले भारतीय र पाकिस्तानी दुवै दूतावास अगाडि प्रदर्शन गर्ने घोषणा गरेको थियो। सोहीअनुसार, बिहान भारतीय दूतावास अगाडि प्रदर्शन गरेपछि दिउँसो पाकिस्तानी दूतावास अगाडि पनि प्रदर्शन गरिएको हो।
समाजले भारत र पाकिस्तानलाई युद्धलाई बढवा दिने काम तत्काल रोक्न र शान्ति प्रवर्द्धन गर्न आग्रह गरेको छ। प्रदर्शनकारीहरूले युद्धविरामको पक्षमा नारा लगाउँदै शान्तिपूर्ण सम्वन्धको आवश्यकता र आतंकवादको विरोधमा आफ्नो दृढ प्रतिबद्धता व्यक्त गरेका छन्।