थासाङ गाउँपालिका–२ सौरु गुम्बा जीर्णोद्धार सम्पन्न
काठमाडौँ - थासाङ गाउँपालिका–२ सौरु गाउँमा रहेको पाँच सय वर्ष पुरानो सौरु गुम्बा जीर्णोद्धार गरिएको छ। पोखरा निवासी समाजसेवी मदन र बालकुमारी गौचन दम्पतीले रु २२ लाख ५० हजार खर्चेर गुम्बा जीर्णोद्धार गराएका हुन्।
गुम्बा संरक्षण व्यवस्थापन समितिका अध्यक्ष सुवर्ण गौचनका अनुसार, जीर्ण भएको गुम्बाको भित्री र बाहिरी भागमा मर्मतसम्भार गरिएको छ। गुम्बा परिसरमा ढलान गरिनाका साथै बिजुलीको व्यवस्था गरिएको छ। गुम्बा जीर्णोद्धारसँगै शौचालय लगायत अत्यावश्यक संरचना पनि निर्माण भएका छन्।









