image
image
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सिंह अनिवार्य अवकाशमा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सिंह अनिवार्य अवकाशमा

काठमाडौँ -   संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह अनिवार्य अवकाशमा गएका छन्। गएको रातिबाट सचिव सिंह अनिवार्य अवकाशमा गएका कारण मन्त्रालय आजदेखि सचिवविहीन भएको छ।

सिंहले गृह मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महालेखापरीक्षकको कार्यालयमा सचिवको रूपमा कार्य गरेका छन्। पछिल्लो समय उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए। उनलाई पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले केही महिना अघि आफ्नो रोजाइमा पारेर मन्त्रालयमा नियुक्त गरेका थिए।

सिंहले गृह मन्त्रालयमा क्याडरका रूपमा विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको भूमिकामा पनि कार्य गरेका छन्। उनको प्रशासनिक अनुभव र नेतृत्व क्षमताका कारण उनलाई विभिन्न महत्त्वपूर्ण जिम्मेवारीमा राखिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।