जनता समाजवादी पार्टी नेपाल दाङ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन
काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) नेपालले दाङ जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ। मङ्गलबार गढवास्थित ग्र्यान्ड होटलमा आयोजित अधिवेशनबाट भरतलाल चौधरीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति निर्वाचित भएको पार्टीको प्रचार विभागले जानकारी दिएको छ।
नयाँ समितिको उपाध्यक्षमा उषा यादव र राधा चौधरी, सचिवमा सिताराम यादव, उपसचिवमा देवीप्रसाद चौधरी, साधना यादव र कोषाध्यक्षमा पुनिसरा रोका मगर निर्वाचित भएका छन्। जिल्ला समितिका सदस्यहरूमा केसराम यादव, बालदेव चौधरी, नजिर अहमद, इब्रहिम सिद्धिकी, रामकुमार यादवलगायत रहेका छन्।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रीता यादव र प्रदेश समिति अध्यक्ष रामअवतार यादवको उपस्थिति रहेको थियो। नयाँ नेतृत्वले पार्टीको सङ्गठनलाई थप सशक्त बनाउने र जनताको हकहितका लागि प्रतिबद्ध रहने बताएका छन्।









