लुम्बिनी प्रदेश सरकारले छैठौँ अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय
काठमाडौँ - लुम्बिनी प्रदेश सरकारले आगामी वैशाख ३१ गते छैठौँ प्रदेश सभा अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले बैठकको निर्णय सार्वजनिक गर्दै यसअघि गत फागुन ७ गते पाँचौँ अधिवेशनको कार्यकाल समाप्त भएको जानकारी दिए। अब छैठौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस प्रक्रिया अघि बढाइनेछ।









