image
image
नेपाल सशस्त्र प्रहरी बलले भारत–पाकिस्तान तनावका बीच सीमा क्षेत्रमा उच्च सतर्कता

नेपाल सशस्त्र प्रहरी बलले भारत–पाकिस्तान तनावका बीच सीमा क्षेत्रमा उच्च सतर्कता

काठमाडौँ -  नेपाल सशस्त्र प्रहरी बलले भारत र पाकिस्तानबीचको बढ्दो तनावका बीच सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको जनाएको छ। सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार, पछिल्लो समयका क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। यसका लागि सीमा क्षेत्रमा २४ घण्टा गस्ती र निगरानी बढाइएको छ।

सशस्त्र प्रहरी बलले भारतको सशस्त्र सीमा बल (SSB) सँग सहकार्य र समन्वयमा संयुक्त गस्ती र खबर आदानप्रदानलाई तिब्रता दिएको छ। साथै, एक बिओपीबाट अर्को बिओपीसम्म २४ घण्टा गस्ती र निगरानी राखिएको छ। सीमा क्षेत्रमा अनाधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सबै बाहिनीपतिहरूलाई विशेष निर्देशन दिइएको छ। आवश्यकताअनुसार आवतजावत गर्नेहरूको परिचय पत्र चेकजाँच गरेर अभिलेख राख्ने कार्य पनि भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।