image
image
धरान कृषि बजारमा २,४१२ केजी विषादीयुक्त काउली नष्ट

धरान कृषि बजारमा २,४१२ केजी विषादीयुक्त काउली नष्ट

काठमाडौँ -  धरानको कृषि उपज बजारमा बिक्रीका लागि ल्याइएका २,४१२ केजी काउली विषादीको उच्च मात्रा पाइएपछि नष्ट गरिएको छ। मकवानपुरको पालुङबाट ल्याइएका यी काउलीहरू केन्द्रीय कृषि प्रयोगशाला धरान शाखामा परीक्षण गर्दा विषादीको मात्रा बढी भेटिएपछि नष्ट गर्नुपर्ने अवस्था आएको हो।

कृषि उपज बजारका प्रबन्धक लक्ष्मण भट्टराईका अनुसार, विषादीयुक्त काउलीहरू धरान-१३ का वडाअध्यक्ष नेत्र काफ्लेको उपस्थितिमा उपमेयर अइन्द्रबिक्रम बेघाले खाडल खनेर नष्ट गरेका थिए। यस अवसरमा उपमेयर बेघाले विषादी हालेर तरकारी उत्पादन गर्ने किसान र बिक्रेतालाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

स्थानीय रबि राईले पनि विषादीयुक्त काउली बिक्री गर्ने व्यापारीलाई कडा कारबाही गर्न माग गरेका छन्। कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष काजी गिरीले उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर विभिन्न जिल्लाबाट आउने फलफूल, तरकारी र सागसब्जीको परीक्षण गरी मात्र बिक्री वितरण गर्ने व्यवस्था गरिएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।