नेपाल लाइफ इन्स्योरेन्सले २४औँ वार्षिकोत्सव देशव्यापी रूपमा मनायो
काठमाडौँ - नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २४औँ वार्षिकोत्सव देशभरका विभिन्न स्थानमा भव्य कार्यक्रमहरूको आयोजना गरी मनाएको छ। यस अवसरमा कम्पनीले १० स्थानबाट रक्तदान कार्यक्रम, काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर र अन्य सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गरेको छ।
रक्तदान कार्यक्रम अन्तर्गत कोशी प्रदेशको इटहरीमा ५६, मधेस प्रदेशको वीरगन्जमा ३०, बागमती प्रदेशको काठमाडौंमा ८२, गण्डकी प्रदेशको पोखरामा ६१, लुम्बिनी प्रदेशको बुटवलमा ३०, भैरहवामा ३०, नेपालगन्जमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३१ र सुदूरपश्चिम प्रदेशको टीकापुरमा २८ गरी कुल ४१२ पिन्ट रगत संकलन गरिएको छ।
यसका साथै, कम्पनीले केन्द्रीय कार्यालयमा २ दिने निःशुल्क स्वास्थ्य शिविर पनि सञ्चालन गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीको २४ वर्षको सफलतामा योगदान पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरूको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गरे।









