नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि
काठमाडौँ - नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा रु ५,३०० ले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य रु १,८९,९०० पुगेको छ। यसअघि सोमबार छापावाल सुनको मूल्य रु १,८४,६०० थियो।
यसैबीच, चाँदीको मूल्य पनि वृद्धि भएको छ। सोमबार तोलामा रु १,९१० रहेको चाँदीको मूल्य मंगलबार बढेर रु १,९६५ पुगेको महासंघले जनाएको छ।









