image
image
कटारी नगरपालिका–८ मा चट्याङ लागेर १३ वर्षीय बालकको मृत्यु

कटारी नगरपालिका–८ मा चट्याङ लागेर १३ वर्षीय बालकको मृत्यु

काठमाडौँ -   कटारी नगरपालिका–८ फूलबारीका १३ वर्षीय चित्रबहादुर वलम्पाकी मगरको चट्याङ लागेर मृत्यु भएको छ।

सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर नफर्किएपछि उनका बुबा मानबहादुरले खोजी सुरु गरे। खोजी गर्दा उनी वन क्षेत्रमा चट्याङ लागेर ढलेको अवस्थामा फेला परे। घटनास्थलमा नै उनको मृत्यु भएको वडाध्यक्ष नवीन तामाङले जानकारी दिए।

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईँले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।