image
image
गाडी भासिएर हराएको स्थानमा खानी तथा भूगर्भ विभागको टोलीको अध्ययन सुरु

गाडी भासिएर हराएको स्थानमा खानी तथा भूगर्भ विभागको टोलीको अध्ययन सुरु

काठमाडौँ -   गत शुक्रबार हेटौँडा उपमहानगरपालिका वडा नं. १६ र १७ को सिमानामा पर्ने गैरीगाउँको भित्री सडक खण्डमा रोकिराखेको अवस्थामा माछा बोक्ने सिङ्गल क्याप बलेरो गाडी जमिन भासिएर बेपत्ता भएको थियो। लगातार तीन दिनको खोजीपछि पनि गाडीको अवस्था पत्ता नलागेपछि हेटौँडा उपमहानगरपालिकाले भूगर्भ विभागलाई अध्ययनका लागि पठाएको थियो।

मंगलबार बिहान खानी तथा भूगर्भ विभागका चार सदस्यीय टोली हेटौँडा आइपुगेको छ। टोलीले गाडी भासिएको स्थानको भूबनोट, भूमिगत जलस्रोत र चुम्बकीय क्षेत्रका बारेमा अध्ययन गर्ने योजना बनाएको छ। भूगर्भविद् नारायण अधिकारीका अनुसार, टोलीले प्रोटोन म्याग्नेटोमिटरको प्रयोग गरी चुम्बकीय क्षेत्रको अध्ययन गर्नेछ। यसबाट भूमिगत जलको अवस्था र माटोको बनोट तहको बारेमा जानकारी प्राप्त गर्न सकिने उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।