निर्माण सामाग्री सिमेन्टको मूल्यमा पनि वृद्धि
काठमाडौँ माघ १५ । कोरोना माहामारीले भएको लकडाउनका समयमा घटाएको निर्माण सामाग्रीको मूल्य धमाधम बढाउन थालेका छन् । त्यसैगरी आरु निर्माण सामग्रीको भाउ बढेसँगै सिमेन्टको मूल्यमा पनि वृद्धि भएको पाइएको छ ।
सिमेन्ट उत्पादक कम्पनीहरुले एक बोरामा २५ रुपैयाँ भाउ बढाएका छन्। बजारमा माग नहुँदा बोरामा १०० रुपैयाँसम्म मूल्य घटाएका उद्योगीहरुले सिमेन्टको निर्माणको सिजनमा माग बढ्ने देखेपछि मूल्य बढाउन थालेका हुन् ।
कोरोना माहामारी कमहुदै जाँदा विकास निर्माणका कामले गति लिन थालेकाले आफूहरुले मूल्यमा केहि रकम वृद्धि गरेको सिमेन्ट कम्पनीका मालिकहरुको भनाइ छ ।अहिले नेपालमा सिमेन्टको माग भन्दा आपूर्ति धेरै छ र पनि मूल्यमा वृद्धि भएको छ ।