image
image
कारागारबाट कैदी फरार, सप्तरी

कारागारबाट कैदी फरार, सप्तरी

काठमाडौँ -  सप्तरी कारागारबाट एक जना कैदी फरार भएका छन्। सोमबार बिहान रामानन्द मण्डल नामक कैदी हाम फालेर फरार भएको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिएका छन्। उनका अनुसार मण्डल आइतबार राति १० बजेसम्म कारागारमा उपस्थित थिए, तर बिहान चट्याङसहितको वर्षाले अवसरको लाभ उठाउँदै फरार भएका हुन्। प्रारम्भिक अनुसन्धानमा मण्डल वालबाट हाम फालेर भागेको देखिएको छ।​

मण्डल काठमाडौँबाट चोरी मुद्दामा पुर्पक्षका लागि सप्तरी कारागार चलान भएका थिए। उनी सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं. ११ का निवासी हुन्। गएको पुस महिनामा उनी सप्तरी कारागारमा आएका थिए। फरार कैदी मण्डलको खोजीमा व्यापक प्रहरी टोली खटाइएको सप्तरी प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।