image
image
दुई ट्रक आपसमा ठोक्किँदा आगलागी ,​धनुषा

दुई ट्रक आपसमा ठोक्किँदा आगलागी ,​धनुषा

काठमाडौँ -  धनुषाधाम नगरपालिका वडा नम्बर– ६  मालटोलचोकमा आइतबार बिहान दुईवटा ट्रक आपसमा ठोक्किँदा आगलागी भएको छ। घटनामा एक ट्रक चालकको मृत्यु भएको छ भने अर्का चालक घाइते भएका छन्।​

प्रहरीका अनुसार, सिरहाबाट धल्केवरतर्फ जाँदै गरेको ना.६ ख.३४६३ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको मधेस प्रदेश २–००१ ख.०७१५ नम्बरको ट्रक आपसमा ठोक्किएका थिए। ट्रकको ट्याङ्कीमा ठोक्किएपछि तेल छताछुल्ल भएको थियो, जसका कारण आगो लागेको हो। आगोले ना.६ ख.३४६३ नम्बरको ट्रक पूरै जलेर नष्ट भएको छ।​

दुर्घटनामा ना.६ ख.३४६३ नम्बरको ट्रकका चालक सर्लाही लालबन्दी १५ का रोशन कौशल कार्की र अर्का ट्रकका चालक सर्लाही मौलापुरका मुकेशकुमार झा घाइते भएका छन्। उनीहरूलाई जनकपुरस्थित एपोलो अस्पतालमा उपचार भइरहेको छ।​

प्रारम्भिक अनुसन्धानका अनुसार, गलत साइडमा एउटा ट्रक प्रवेश गरेपछि दुर्घटना भएको देखिएको छ। यद्यपि, दुर्घटनाबारे विस्तृत अनुसन्धान थालिएको जनकपुर प्रहरी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।