image
image
एनएसएल प्ले अफको अन्तिम स्थानका लागि आज निर्णायक खेल, चितवन ‘गर या मर’को अवस्थामा

एनएसएल प्ले अफको अन्तिम स्थानका लागि आज निर्णायक खेल, चितवन ‘गर या मर’को अवस्थामा

 काठमाडौं।  नेपाल सुपर लिग (एनएसएल) तेस्रो सिजनको लिग चरणको आज अन्तिम खेल हुँदैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आजको खेलको नतिजाले प्ले अफ पुग्ने चौथो तथा अन्तिम टोलीको टुंगो लाग्नेछ।

त्यसमा पनि अपराजित ललितपुर सिटी एफसी र धनगढी एफसी पहिलो क्वालिफायरका लागि छनोट भइसकेको छ। पोखरा थन्डर्स पनि प्लेअफमा पुगिसकेको छ।

प्ले अफ पुग्ने अन्तिम टोलीका लागि एफसी चितवन र काठमाडौं रजर्सको मात्र सम्भावना बाँकी छ। लिगको आफ्नो अन्तिम खेल खेलिसकेको काठमाडौं आजको नतिजाको प्रतीक्षामा छ । बुटवल लुम्बिनी एफसी र झापा एफसी यसअघि नै प्ले अफ दौडबाट बाहिरिसकेका छन् ।

चितवनसँग भने आफू अनुकूल नतिजा निकाल्ने आज अन्तिम मौका छ। चितवनले साँझ ६:०० बजे सुरु हुने खेलमा धनगढीको सामना गर्नेछ।

छनोटका लागि चितवनले बराबरी गर्नुपर्नेछ। बराबरीले काठमाडौंसँग समान अंक भएपनि गोलअन्तरमा चितवन अगाडि हुनेछ।

चितवनले खेल जितेमा तेस्रो स्थानमा उक्लनेछ भने हारेको अवस्थामा प्रतियोगिताबाट बाहिरिने छ। चितवनको हारले काठमाडौंको प्ले अफ पक्का हुनेछ ।

दुई संस्करणमा प्ले अफ पुग्न नसकेको चितवनले यस पटक सुरुवाती २ खेल जित्दै दमदार सुरुवात गरेको थियो।

तर तेस्रो खेलमा बराबरी तथा चौथो र पाँचौँ खेलमा हार बेहोरेपछि टोलीले प्ले अफका लागि नै संघर्ष गर्नुपरेको छ। त्यसैले चितवनका लागि आजको खेल गर वा मरको अवस्थामा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।