कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्यो;अछाम
काठमाडौँ । जिल्लामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । कोरोनाको पहिलो लहरमा ५ र दोस्रो लहरमा ३ जना गरी अछाममा ८ जनाको मृत्यु भएको हो ।
मेल्लेख गाउँपालिका–७ का ६० वर्षीय पुरुषको शनिबार राति ११ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी देव जोशीले जानकारी गराएका हुनु ।
ती पुरुषलाई वैशाख १६ गते बयालपाटा अस्पतालमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । श्वास फेर्न गाह्रो भएको र कडा लक्षण देखिएपछि उनलाई जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो ।