image
image
यू–१९ विश्वकप एसिया छनोट : नेपालको लगातार दोस्रो जित

यू–१९ विश्वकप एसिया छनोट : नेपालको लगातार दोस्रो जित

काठमाडौं । आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालले ओमानलाई पराजित गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो । नेपालको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले यूएईलाई ५ रनले हराएको थियो ।

ओमानले दिएको ११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेटको क्षतिमा पूरा ग¥यो । नेपालका लागि शाहिल पटेलले ४४ र निरजकुमार यादवले ४६ रन बनाए । नरेन भट्ट १२ र सन्तोष यादव १० रनमा अविजित रहे । ओमानका लागि सौम्या भाविन सम्पतले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको ओमान ३८ ओभरमा ११७ रन बनाएर अलआउट भएको थियो । अब अर्को खेलमा नेपालले बुधबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।