image
image

कञ्चनपुरमा तीन संक्रमितको मृत्यु

काठमाडौँ । कञ्चनपुरका थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ । महाकाली अस्पताल र धनगढीको कैलाली अस्पतालमा उपचाररत तीन जना संक्रमितको गएराति मृत्यु भएको छ । 

महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले भेन्टिलेटरमा राखेर उपचार गराइरहेका भीमदत्त नगरपालिका १८ का ४८ वर्षीय पुरुष र भीमदत्त नगरपालिका ७ की ५५ वर्षीया संक्रमित महिलाको मृत्यु भएको जानकारी दिए ।

यस्तै धनगढीको कैलाली अस्पतालको कोभिड वार्डमा उपचाररत कञ्चनपुरको महेन्द्रनगरमा बस्दै आएका ३३ वर्षीया संक्रमित पुरुषको पनि मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बैतडी घर भएर महेन्द्रनगरमा बस्दै आएका उनको आइतबार बिहान उपचारकै क्रममा मृत्यु भएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।