image
image
कांग्रेस सत्तामा भएपनि सरकारलाई खबरदारी गर्न छाडिन्न ः शेखर कोइराला

कांग्रेस सत्तामा भएपनि सरकारलाई खबरदारी गर्न छाडिन्न ः शेखर कोइराला


काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस सत्तामा भएपनि सरकारमा नभएको बताएका छन् ।शनिबार वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारण सभालाई सम्बोधन गर्दै कोइरालाले सरकारले जनताको चाहना बुझ्न नसकेको र असल सुशासन दिन चुकिरहेकाले एमाले भोलिको प्रतिस्पर्धी पार्टी भएकाले खबरदारी गर्न नछाड्ने बताएका हुन् ।

उनले भने,‘राजनीतिमा धेरै कुरा हुन्छ । हालको सरकारका सवालमा पनि धेरै कुराहरु छन् । अहिलेको सरकार नेपाली काँग्रेस सम्मिलित सरकार हो र यसमा हामी पनि छौँ । तर मैंले एउटा कुरा भन्दै आइरहेको छु–हामी सत्तामा छौँ तर सरकारमा छैनौँ किनभने हाम्रो प्रतिस्पर्धी जुनसुकै ठाउँमा एमाले हुन्छ । हामी अहिले एमालेसँग सहकार्य गरेर अगाडि बढिरहेका छौं । यसलाई  म खराब भन्दिन् । तर सरकारले गलत वा कमजोरी गरिरहेको छ की भनेर खवरदारी गरिराख्नुपर्छ भन्ने हो । खवरदारी गरेनौंं भने कांग्रेसलाई अफ्ठ्यारोमा पर्नसक्छ । त्यसैले हामी सत्तामा छौं तर सरकारमा छैनौं । सरकारमा हुनेहरुले सहकार्य गरेरै जानुपर्ने आवश्यकता छ, अर्को उपाय छैन्,’उनले अगाडि भने,‘सरकारले संविधान पुनरावलोकन, संशोधन गर्ने कुरा गरेको छ । त्यसैले यसमा ढिला गर्न मिल्दैन् । जति ढिलाइ हुन्छ, त्यति सडक आक्रोशित हुन्छ । सुशासन दिलाउन सकिएको छैन्, दण्डहिनता बढेको बढ्यै छ । यसलाई कन्ट्रोल गर्न जरुरी छ ।’साथै उनले संविधान संशोधन गर्ने भन्ने कुरा सेलाएको बताए । कोइरालाले अहिले सडकमा उठिरहेका धेरै माग संविधान संशोधनबाट पुरा गर्न सकिने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।