image
image
दुर्गा प्रसाईंलाई काठमाडौं प्रहरी परिसर पुर्याइयो, १२ दिन हिरासतमा राख्न अनुमति माग्ने तयारी

दुर्गा प्रसाईंलाई काठमाडौं प्रहरी परिसर पुर्याइयो, १२ दिन हिरासतमा राख्न अनुमति माग्ने तयारी


काठमाडौं । झापाको भद्रपुर हुँदै काठमाडौं ल्याइएका राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै जिल्ला प्रहरी परिसर काठमाडौं पुर्याइएको छ । चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनका कमान्डर प्रसाईं सोही दिनदेखि फरार थिए। प्रहरीका अनुसार उनलाई भद्रपुरबाट नियन्त्रणमा लिइएको हो । 

बिहीबार भारतीय प्रहरीको सम्पर्कमा पुगेका प्रसाईंलाई आज शुक्रबार बिहान भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याइएको हो । प्रहरी आवश्यक कागजात मिलाएर शुक्रबार नै म्याद थपका लागि प्रक्रिया अघि बढाउने तयारी गरेको छ । उनीविरुद्ध ज्यान मार्ने उद्योगसहितमा मुद्दा चलाउने प्रहरी तयारी छ । प्रहरी भ्यानमा रहेका प्रसाईंको तस्विर र भिडियो भने मिडियाले कैद गर्न पाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।