image
image
देश विकास राजाको पालामा मात्र भएको ज्ञानेन्द्र शाहीको दाबी

देश विकास राजाको पालामा मात्र भएको ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद एवम पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले आफ्ना छोराछोरीहरुलाई युरोप अमेरिका पठाएर जनताका छोराछोरीहरुलाई विश्वविद्यालयमा ढुंगा हान्न सिकाएको आरोप लगाएका छन् । मंगलबार राप्रपाको खबरदारी सभा सम्बोधन गर्दै उनले नेताका छोराछोरी युरोप अमेरिका पढ्न पठाउने अनि जनताका छोराछोरी त्रिभुवन विश्वविद्यालयमा ढुङगा हान्न लगाउने लगाएको भन्दै शीर्ष नेताहरुमाथि प्रश्न समेत गरे ।

सांसद शाहीले कांगे्रसका नेता गगन थापा र विश्व प्रकाश शर्मालाई इंगित गर्दै यस्तो आरोप लगाएका हुन् । उनले देशमा भएका विश्वविद्यालयहरु राजाको कार्यकालमा बनेको दाबी गरे । उनले भने,‘२४ हजार ८ सय १८ वटा विद्यालय २०४४ मा बनेका छन् । त्यो तिमीहरुले बनाएको हो ? खुवै भाषण गर्नुहुन्छ कांग्रेसका गगन थापा र विश्व प्रकाशहरु ।

आज यहीबाट सुनाउन चाहन्छु, २४ हजार ८ सय १८ वटा विद्यालय राजाको पालामा बनेका हुन् । बाबुराम भटट्राईले पनि बुझ्नुपर्छ, राजाका पालामा पढ्न दिइँदैन भनेर जनता भड्काउने भनेर यस्तो झुटो कुरा गर्ने ?’सांसद शाहीले थप भने ‘देशमा एउटा अस्पताल छैन् । एउटा विद्यालय बनाउनु छैन् । एउटा उद्योग कलकारखाना बनाउनु छैन् । पार्टीको कार्यकता पाल्ने, देश लुट्ने, आफ्ना छोराछोरी विदेश पठाउने जनताका छोराछोरी त्रिभुवन विश्वविद्यालयमा ढुङगा हान्न लगाउने ? त्यसका विरुद्ध आजको आन्दोलन हो ।’

उनले हालको व्यवस्थाले लुटेरा मात्र जन्माएको आरोप लगाउन भ्याए । उनले भने,‘यो १६ वर्षमा १४ वटा सरकार फेरे । १ हजार मान्छे मन्त्री भए । करिब ३ हजार सांसद् भए । ३१ वटा प्रदेश प्रमुख भए, मुख्यमन्त्री भए । ३० वटा प्रदेश प्रमुख, तीन जना राष्ट्रपति, तीन जना उपराष्ट्रपति अनि गाउँ गाउँमा छोटे राजा बनाएर देश लुट्ने ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।