हलिउड फिल्ममा डेब्यु गर्दै नेपालकी मोडल अन्जली लामा
काठमाडौँ । मोडलिङ्गको जगतमा एक छुट्टै पहिचान बनाउन सफल नेपालकी ट्रान्सजेन्डर मोडल अन्जली लामाले हलिउड फिल्ममा डेब्यु गर्ने भएकी छिन ।
६ भागमा निर्माण हुन लागेको ‘सेयरिङ ए राइड’ मा उनले अभिनय गर्न लागेकी हुन् । लीना यादवको निर्देशन रहने यस फिल्ममा उनीसँगै बलिउड अभिनेत्री ज्याकलीन फर्नान्डिसको पनि अभिनय रहने छ ।
‘वुमेन्स स्टोरीज’ शिर्षक राखिएको यो एक एन्थोलजी फिल्म हुनेछ । लर्वोलिनो इन्टरटेन्मेन्टको को प्रोडक्सन र ‘वि डू इज टुगेदर’ ले निर्माण गर्ने फिल्ममा महिलाको जिन्दगीको अलग अलग पक्ष देखाइनेछ ।
अञ्जलीसहित फिल्ममा हलिउड स्टार कारा डेलेविन्ज, मारिका गे हार्डेन ,मार्गरिटा बाय, ईवा लोन्गोरिया, र लीवनर वारेला जस्ता चर्चित कलाकारहरुको पनि अभिनय रहने छ ।
तेस्रोलिंगी समूदायबाट अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने उनी नै नेपालको पहिलो तेस्रोलिंगी मोडल हुन् । २०१६ मा भारतको प्रतिष्ठित ‘ल्याक्मे फेसन शो’ मा पनि उनी उत्कृष्ट २० सम्म पुगेकी थिइन् ।