image
image
तीनकुने घट्नाः राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामा, छानविन आयोग गठन गर्न माग

तीनकुने घट्नाः राप्रपाले माग्यो गृहमन्त्रीको राजीनामा, छानविन आयोग गठन गर्न माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरुले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर पाँच बुदे मागसहित ध्यानाकर्षण पत्र बुझाउँदै गृहमन्त्री राजीनामा समेत माग गरेका हुन् । राप्रपाले तीनकुने घटनासँग सम्बन्धित रहेर ध्यानाकर्षण पत्र बुझाएको हो । साथै राप्रपाले नेता रवीन्द्र मिश्र, धवल शमशेर राणा लगायतलाई राज्यविरुद्धको अपराध जस्तो गम्भीर प्रकृतिको मुद्दा किन लगाइयो भन्ने प्रश्न पनि गरेको छ । त्यस्तै प्रदर्शनका क्रममा घाइते भएकाहरुको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्नुपर्ने माग पनि गरिएको छ ।

त्यस्तै राप्रपाले सर्वोच्च अदालतको पूर्वन्यायाधीशको अध्यक्षतामा मानव अधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोगको गठन गर्न पनि माग गरेको छ छ । चैत १५ गते दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनस्र्थापनाका लागि तीनकुनेमा प्रदर्शन भएको थियो। त्यसक्रममा तोडफोड, आगजनी, लुटपाट भएको थियो भने दुई जनाको मृत्यु भएको थियो । 

ध्यानाकर्षणपत्र बुझाएपछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष लिङ्देनले चैत्र १५ गतेको हिंसात्मक घटनालाई राज्यले एकपक्षीय रुपमा प्रचार गर्ने र राज्यको ज्यादतीलाई ढाकछोप गर्ने क्रियाकलाप बढाएको आरोप लगाए । ‘सरकारको तर्फबाट मञ्चमा प्रहार गरिएको अश्रुग्यास पनि फेक हो भनेर प्रचार गरियो । यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । घटनालाई हिसांत्मक बनाउन सरकार स्वंयम लागि परेको छ । राष्ट्रिय गान बजाउँदै गर्दा अन्दाधुन्दा अश्रुग्याँस किन प्रहार गर्नुपरहेको थियो ?’उनको प्रश्न थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।