image
image
आन्दोलनरत शिक्षकलाइ शिक्षा मन्त्रालयले बोलायो वार्तामा

आन्दोलनरत शिक्षकलाइ शिक्षा मन्त्रालयले बोलायो वार्तामा

 

काठमाडौं । आन्दोलनरत शिक्षकहरूलाई बार्ता र संबादमा आउन शिक्षा मन्त्रालयले अनुरोध गरेको छ ।गत बुधवार देखी काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षक तथा बिधालय कर्मचारीलाई बार्ता र संबादमा आउन मन्त्रालयले अनुरोध गरेको हो । आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकाप्रवक्ता शिवकुमार सापकोटाले प्रेस विज्ञप्ती जारी गर्दै छलफल गर्न र साझा धारणा निर्माण गर्न मन्त्रालय तयार रहेको जनाएका छन ।

विद्यालय शिक्षा विधेयक निर्माणको काम प्रतिनिधिसभा अन्तर्गत शिक्षा समितिमा भइरहेको जनाउँदै शिक्षक समुदायसँग विगत झैं फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न सरकार तयार रहेको जनाएका हुन् । 

हिजोवाट विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै बुधवार देखी शिक्षक कर्मचारीहरू काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएको भोलीपल्ट मन्त्रालयले बार्तामा बोलाएको हो । शिक्षकहरूले उठान गरेका विषय आन्दोलनप्रति मन्त्रालय जानकार रहेको जनाउँदै निकासका लागि मन्त्रालय तयार रहेको पनि जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।